शिक्षकको मृत्युपछि स्थानीयले छेके मदन भण्डारी राजमार्ग, दशैँमा घर हिँडेका हजारौँ यात्रु अलपत्र

शिक्षकको मृत्युपछि स्थानीयले छेके मदन भण्डारी राजमार्ग, दशैँमा घर हिँडेका हजारौँ यात्रु अलपत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर- उदयपुरको कटारी नगरपालिका–५ का शिक्षक सुमन श्रेष्ठको शनिबार सडक दुर्घटनामा मृत्यु भएपछि स्थानीयले सडक बन्द गरेका छन्।

पीडित परिवारका नाममा स्थानीयबासी जम्मा भएर न्यायको माग गर्दै मदन भण्डारी राजमार्गको कटारी खण्ड अवरुद्ध गरेका हुन्। शनिबार मोटरसाइकल र हाइस गाडी ठोक्किँदा श्रेष्ठको मृत्यु भएको थियो।

स्थानीयले आइतबार कटारीको बुद्धचोकमा जम्मा भएर सडक बन्द गरेका हुन्। घटनाबारे सम्बन्धित निकायले चासो नदेखाएको भन्दै उनीहरूले तत्काल ध्यानाकर्षण गराएका छन्।

राजमार्ग अवरुद्ध हुँदा काठमाडौंबाट पूर्वी नेपाल जाने यात्रु प्रभावित भएका छन्। स्थानीयले घटनाको निष्पक्ष छानबिन र न्यायको माग गरेका छन्।

स्थानीयले देशको मुख्य राजमार्ग अवरोध गर्दा दशैँ मनाउन हिँडेका हजारौँ यात्रु बाटैमा अलपत्र परेका छन् । अलपत्र यात्रुले अवरुद्ध राजमार्ग खुलाउन चासो नदिएको भन्दै सरकारप्रति आक्रोश पोखेका छन्।