जुवातास खेल्दाखेल्दै ११ जना पक्राउ

जुवातास खेल्दाखेल्दै ११ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जुवातास खेलिरहेको अवस्थामा प्रहरीले काभ्रे र रुपन्देहीबाट ११ जनालाई पक्राउ गरेको छ ।

काभ्रेको पनौती नगरपालिका–५ ढलमलेस्थित मेघराज कार्कीको चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा मेघराज समेत ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १९ हजार ३७५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको छ ।

रूपन्देहीको तिलोत्तमा नगरपालिका–४ डिङ्गानगर सिद्धार्थ पथबाट जुवातास खेलिरहेको अवस्थामा तिलोत्तमा नगरपालिका–६ बस्ने ३८ वर्षीय तिलक वली समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट ड्राइभरटोलबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ४३ हजार ४१० र ३ बुक ताससहित पक्राउ गरेको छ ।

जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।