विश्वकप लिग–२ : नेपालले ओमानलाई दियाे २८१ रनको लक्ष्य

विश्वकप लिग–२ : नेपालले ओमानलाई दियाे २८१ रनको लक्ष्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आइसिसी विश्वकप लिग–२ अन्तर्गतको अन्तिम खेलमा नेपालले घरेलु टोली ओमानलाई २८१ रनको लक्ष्य दिएको छ ।

अल अमेरत क्रिकेट ग्राउन्डमा जारी खेलमा नेपालले निर्धारीत ५० ओभरमा ९ विकेट गुमाएर २८० रन बनायो ।

नेपालका लागि दिपेन्द्र ऐरी,रोहित पौडेल र देव खनालले अर्धसतक हाने । ऐरीले ६९ , पौडेलले र खनालले ५७ रन जोडे । यस्तै इशान पाण्डेले २९ रन बनाए भने बासिर अहमद्ले १७ रन जोडे ।

ओमानका लागि फैसल सााहले ४ र समय श्रिवास्तवले २ र जय ओडेद्राले ३ विकेट लिए ।

लिग-२को शीर्ष ६ मा अटाउन नेपाललाई खेल जित्नैपर्ने दबाब छ।

नेपालले यसअघि क्यानडा र ओमानलाई हराएको थियो भने शनिबार क्यानडासँग पराजित भएको थियो।

नेपाल ३५ खेलमा २८ अंकका साथ तालिकाको सातौं स्थानमा छ। ओमान भने ३१ खेलमा ३३ अंकसहित तालिकाको चौथो स्थानमा छ।

नेपाललाई हराएपछि क्यानडा ३६ खेलमा २९ अंकका साथ छैटौंमा उक्लँदा ३५ खेलमा २८ अंक भएको नेपाल सातौंमा झरेको थियो । अब नेपालले ओमानलाई हराए फेरि छैटौं स्थानमा उक्लिनेछ ।

लिग २ को शीर्ष ६ मा पर्ने टोलीहरूको ओडीआई मान्यता जोगिने उच्च सम्भावना भएकाले शीर्ष ६ मा अटाउने कुरालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।