काठमाण्डु – बेचबिखन तथा ओसारपसार मुद्दामा केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार १ जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ घर भई हाल काठमाण्डुको तारकेश्वर नगरपालिका–६ धर्मस्थलीमा बस्दै आएका ४३ वर्षीय चन्द्र दमाई केसी रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाण्डुका अनुसार निज दमाई केसी २०८२ भदौ २४ गते फरार भएका थिए । उनी बेचबिखन तथा ओसारपसार मुद्दामा कैद भुक्तान गरिरहेका थिए ।
जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनलाई फेला पारी नियन्त्रणमा लिएको हो । केसीलाई आवश्यक प्रक्रिया पूरा गरी पुन: केन्द्रीय कारागार जगन्नाथदेवल पठाइएको जनाएको छ ।


प्रतिक्रिया