नारायणगढ – जिल्ला प्रशासन कार्यालय चितवन र ईलाका प्रशासन कार्यालय माडीबाट चालू आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म ३ हजार ६२ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेका छन् भने २८ जनाले नेपाली नागरिकता परित्याग गरेका छन् ।
यसै अवधिमा ६ हजार ७६६ नागरिकताको प्रतिलिपि जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी विकास विकका अनुसार जिल्ला प्रशासन कार्यालयबाट २ हजार ८२४ र इलाका प्रशासन कार्यालय माडीबाट २३८ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेका हुन् । नागरिकता प्राप्त गर्नेमा जिल्ला प्रशासन कार्यालयबाट १ हजार ४१८ महिला र १ हजार ४०६ पुरुष तथा माडीबाट १२२ महिला र ११६ पुरुष रहेका छन् ।
यस अवधिमा जिल्ला प्रशासन कार्यालयबाट १५ महिलाले वैवाहिक अङ्गीकृत र ११ जनाले अङ्गीकृत नागरिकता प्राप्त गरेका छन् । अङ्गीकृत नागरिकता प्राप्त गर्नेमा ७ महिला र ४ पुरुष छन् । ३१ जनाले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका छन् । गैरआवासीय नागरिकता प्राप्त गर्नेमा ९ महिला र २२ पुरुष छन् ।
जिल्ला प्रशासन कार्यालयबाट ३ महिनाको अवधिमा ६ हजार ११६ नागरिकताको प्रतिलिपि जारी गरिएको छ । प्रतिलिपि लिनेमा २ हजार ९८७ महिला, ३ हजार १२८ पुरुष र १ अन्य रहेका छन् । इलाका प्रशासन कार्यालय माडीबाट पनि ६५० नागरिकताको प्रतिलिपि जारी गरिएको छ । तीमध्ये ३२३ महिला र ३२७ पुरुष छन् ।
जिल्ला प्रशासन कार्यालयबाट २८ जनाले नागरिकता परित्याग गरेका छन् । नागरिकता परित्याग गर्नेमा १० महिला र १८ पुरुष छन् भने ४ जनाको नागरिकता रद्द गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयबाट ११ हजार ९९७ जनाको राष्ट्रिय परिचय पत्रका लागि नयाँ विवरण दर्ता गरिएको छ भने ४ हजार ३७० वटा राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ । राहदानीका लागि ५ हजार ८५२ जनाको सिफारिस गरिएको र ४ हजार २४३ वटा राहदानी वितरण गरिएको सूचना अधिकारी विकले जानकारी दिए ।
यस अवधिमा ३२६ जनाको नाबालक परिचय पत्रका लागि नयाँ दर्ता गरिएको छ भने ११ वटा प्रतिलिपि जारी गरिएको छ । कार्यालयबाट ३१६ वटा जातीय प्रमाणित, ३१७ वटा भारतीय पेन्सन सिफारिस, १२५ वटा व्यक्ति प्रमाणित र १ हजार ११४ वटा अन्य सिफारिससम्बन्धी कामसमेत भएका छन् ।
यता, इलाका प्रशासन कार्यालय माडीबाट असोज मसान्तसम्म १ हजार २५५ जनाको राष्ट्रिय परिचय पत्रका लागि नयाँ विवरण दर्ता गरिएको छ भने ७४८ वटा परिचयपत्र वितरण गरिएको छ । सोही अवधिमा १० वटा नाबालक परिचयपत्रका लागि नयाँ दर्ता र २३ वटा जातीय प्रमाणितसम्बन्धी काम भएका छन् । माडीबाट १ महिलाले वैवाहिक अङ्गीकृत र १ जनाले अङ्गीकृत नागरिकता प्राप्त गरेका छन् ।


प्रतिक्रिया