सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढेको हो ।

सुनको मूल्य बढेर प्रतितोला दुई लाख ८१ हजार ५०० रुपैयाँ कायम भएको छ। आइतबार सुन प्रतितोला दुई लाख ७८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आइतबार प्रतितोला तीन हजार ९५५ रुपैयाँ रहेको चाँदी सोमबार ४० रुपैयाँले बढेर प्रतितोला तीन हजार ९९५ रुपैयाँ पुगेको छ।