काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल )अन्तर्गतको दोस्रो खेलमा चितवन राइनोजले विराटनगर किङ्ग्सलाई १५८ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटीङ्को निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनायो ।
चितवनका लागि डाविट मलानले सर्वाधिक ७० रन जोडे । मलानलाई विराटनगरका आन्द्रे रसेलले बोल्ड आउट गरे ।
एनपीएल सिजन ३ मा पहिलो अर्धशतक बनाएका मलानले ५ चौका र ५ छक्का प्रहार गरे।
यस्तै ड्यान माउस्लीले २९ रन, रवि वोपराले ३२ र देव खनाल १२ रन बाहेक अरु व्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।
विराटनगरका चरिथ असलंका, आन्द्रे रसेल र एन्जेलो म्याथ्युजले समान एक एक विकेट लिए ।


प्रतिक्रिया