सामान्य घट्याे नेप्से, ६ महिनायताकै उच्च काराेबार

सामान्य घट्याे नेप्से, ६ महिनायताकै उच्च काराेबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– शुक्रबार सेयर बजार सामान्य घटेको छ । यसदिन नेप्से ५ अंकले घटेर परिसुचक २६९०मा पुगेको छ ।

आज कारोबार भने ७ महिनायताकै उच्च भएको छ । गत वैशाख ३ गते ९ अर्ब ३१ करोडको कारोबार भएकामा आज ८ अर्ब ८९ करोडको कारोबार भयो ।

यसदिन १०२ कम्पनीको मूल्य बढ्यो भने १६९ को घट्यो । त्यस्तै ८ कम्पनीको मूल्य स्थिर रह्यो ।

कारोबार रकमका आधारमा यसदिन लुम्बिनी विकास बैंक, शिवम् सिमेन्ट, घलेम्दी हाइड्रोपावर, ग्रिन भेन्चर्स, सोलु हाइड्रोपावर, ग्लोबल आईएमई बैंक, रिलायन्स स्पिनिङ मिल्स अगाडि रहे ।

आज बेनी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढ्यो भने स्वाभिमान लघुवित्तको १२ प्रतिशत बढ्यो ।

आज विकास बैंक सूचक सबैभन्दा धेरै १.६१ प्रतिशत बढ्यो । त्यस्तै निर्जीवन बीमा ०.३०, अन्य ०.१५ तथा व्यापार ०.२५ प्रतिशत बढे । यस्तै बैंकिङ ०.४४, फाइनान्स ०.४७, होटल तथा पर्यटन ०.२३, जलविद्युत् ०.५७, लगानी ०.२२, जीवन बीमा ०.१६, उत्पादन तथा प्रशोधन ०.३८ र माइक्रोफाइनान्स समूह ०.१२ प्रतिशत घटे ।