प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भइसकेको छैन : परराष्ट्र मन्त्रालय

प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भइसकेको छैन : परराष्ट्र मन्त्रालय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका लागि आवश्यक तयारी अघि बढे पनि भ्रमणको मिति भने अझै तय नभएको बताएको छ ।

मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले दुवै देशलाई अनुकूल हुने समय तय भएपछि प्रधानमन्त्रीको भारत भ्रमण हुने जानकारी दिएका हुन्।

परराष्ट्र मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले भ्रमणका लागि आवश्यक तयारी भइरहेको तर मिति निर्धारण भइनसकेको स्पष्ट पारे।

उनका अनुसार प्रधानमन्त्रीको भारत भ्रमण नियमित द्विपक्षीय भ्रमणकै निरन्तरता हुनेछ। भ्रमणका क्रममा उठाइने विषय तथा एजेन्डा पनि नेपाल र भारतबीचको समन्वयमा तय गरिने उनले बताए।

‘प्रधानमन्त्रीको भारत भ्रमण हुने गरी आवश्यक तयारी भइरहेको छ। भ्रमणको मिति भने अझै तय भइसकेको छैन। उपयुक्त समयमा मिति तय गर्छौँ,’ प्रवक्ता पौडेलले भने।

मन्त्रालयले भ्रमणको मिति तय गर्नुअघि दुवै पक्षबीच आवश्यक समन्वय र तयारीलाई प्राथमिकता दिएको जनाएको छ।