एनपीएल

पोखराले टस जित्यो, जनकपुरले पहिले ब्याटिङ गर्दै

पोखराले टस जित्यो, जनकपुरले पहिले ब्याटिङ गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले टस जितेर जनकपुरलाई पहिले ब्याटिङको निम्तो दिएको छ।

पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर फिल्डिङ रोजेका हुन्। पोखरा प्रतियोगितामा पहिलो जितको खोजीमा मैदान उत्रिएको छ भने जनकपुर लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ।

पोखराको यो प्रतियोगितामा दोस्रो खेल हो। पहिलो खेलमा पोखरा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजित भएको थियो।

जनकपुरको भने यो तेस्रो खेल हो। पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको जनकपुरले दोस्रो खेलमा काठमाण्डुलाई ८ विकेटले हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको थियो।

आजको खेल जित्दै पोखरा प्रतियोगितामा खाता खोल्ने प्रयासमा छ भने जनकपुर जितको लयलाई निरन्तरता दिने योजनामा छ। एनपीएलमा आज एक खेल मात्रै हुँदैछ।

प्लेइङ ११ 

पोखरा एभेन्जर्सः
कुशल भुर्तेल, विपिन खत्री, किरण ठगुन्ना, दिनेश खरेल, अर्जुन मगर, विपिन आचार्य, प्रतिक पोखरेल, सकिब अल हसन, मेहदी हसन, मोहम्मद सैफुदिन, करुणारत्ने

जनकपुर बोल्ट्स

हरमित सिंह, जिम्मी निसम, सैफ हसन, मोइन अली, ललित नारायण राजवंशी, अनिल कुमार शाह, मयन यादव, तृतराज दास, अविशेक तिवारी, राहुल यादव, अमर सिंह राउटेला