काठमाण्डु– सोमबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । सुदूरपश्चिमले चितवन राइनोजलाई ५ विकेटले हराएको हो ।
चितवनले दिएको १३० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १६.५ ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।
सुदूरपश्चिमका ब्रान्डन म्याकमलेनले सर्वाधिक ४३ रन जोडे भने इशान पाण्डेले २५, शेरफेन रदरफोर्डले २५ र आरिफ शेखले २० रन बनाए ।
चितवनका रन्जीत कुमारले ३ विकेट लिएभने मौसम ढकाल र रिजन ढकालले एक एक विकेट लिए ।
यसअघि टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले रवि बोपाराको रन मदतमा २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको हो ।
चितवनका लागि रवि बोपाराले सर्वाधिक ४९ रन बनाए। चौथो नम्बरमा ब्याटिङ गर्न आएका उनले ४० बलमा ३ चौका र २ छक्का प्रहार गरे। अर्धशतक बनाउन एक रनले चुकेका बोपारा स्कट कुग्लेजिनको बलमा कप्तान दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच आउट भए।
त्यस्तै, विवेक यादवले १७, डेभिड मलानले १६, अर्जुन साउदले १५ र कप्तान सिकन्दर राजाले १५ रन बनाए। ओपनर देव खनाल भने ७ रनमै आउट भए।
सुदूरपश्चिमका लागि स्कट कुग्लेजिनले सर्वाधिक २ विकेट लिए। हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र अनिल खरेलले समान एक–एक विकेट हात पारे।


प्रतिक्रिया