एनपीएल : पोखराको हारको ह्याट्रिक, लुम्बिनी अंक तालिकाको शीर्ष स्थानमा

एनपीएल : पोखराको हारको ह्याट्रिक, लुम्बिनी अंक तालिकाको शीर्ष स्थानमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सको खराब लय कायमै रहेको छ। मंगलबार लुम्बिनी लायन्ससँग ८ विकेटले पराजित भएसँगै पोखराले प्रतियोगितामा लगातार तेस्रो हार बेहोरेको हो।

पोखराले दिएको ९८ रनको लक्ष्य लुम्बिनीले ११.४ ओभरमै २ विकेट गुमाएर पूरा गर्‍यो। कप्तान रोहित पौडेलले अविजित ४७ रनको पारी खेले । यस्तै, निरोशन डिकवेला २७ रनमा नटआउट रहे ।

बलिङतर्फ पोखराका विपिन खत्रीले एक विकेट लिए ।

यससँगै लुम्बिनीले दोस्रो जित निकाल्दै ५ अंकसहित अंक तालिकाको शीर्षस्थान कब्जा गरेको छ भने लगातार तीन खेलमा पराजित पोखरा अंकविहीन हुँदै तालिकाको पुछारमा छ।

यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९७ रन मात्र बनाउन सक्यो ।

पोखराका लागि चमिका करुणारत्नेले सर्वाधिक २५ रन बनाए । कुशल भुर्तेलले १४, मेहदी हसनले १३ तथा किरण ठगुन्नाले १२ रनको योगदान दिए । अन्य ब्याटरले भने दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

पोखराको ब्याटिङ लाइनअपलाई दबाबमा राख्ने क्रममा लुम्बिनीका रुबेन ट्रम्पलमानले तीन विकेट लिए । तिलक भण्डारीले दुई विकेट हात पार्दा शेर मल्ल, रोहित पौडेल र अभिशेष गौतमले समान एक–एक विकेट लिए ।