काठमाण्डु – भारतका विदेश सचिव विक्रम मिस्री दुई दिने औपचारिक भ्रमणका लागि बुधबार बिहान नेपाल आएका छन् ।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल आएका हुन् । उनले भ्रमणका क्रममा प्रधानमन्त्री बालेन शाहसँग पनि भेटवार्ता गर्ने कार्यसूची छ।
मिस्रीले नेपालसँग द्विपक्षीय, क्षेत्रीय तथा विश्वव्यापी चासोका विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री बालेन्द्र शाह मंसिर पहिलो साता भारत भ्रमणमा जाने तयारीबारे पनि भेटमा छलफल हुने बताइएको छ ।
साथै भ्रमणका क्रममा परराष्ट्र सचिव राई र भारतीय विदेश सचिव मिस्रीबिच द्विपक्षीय छलफल हुनेछ । दुवै पक्षले नेपाल–भारत सम्बन्धका सम्पूर्ण पक्षको समीक्षा गर्नुका साथै आपसी हितका विविध विषयमा विचार आदानप्रदान गर्ने कार्यक्रम रहेको छ ।





प्रतिक्रिया