नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा सुवेदी नियुक्त

नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा सुवेदी नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदीलाई नियुक्त गरेको छ ।

अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसमा मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।

सुवेदीलाई आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नियुक्तिपत्र प्रदान गर्दै इमानदारीपूर्वक कार्य सम्पादन गर्न निर्देशन दिए ।