काठमाण्डु- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।
जनकपुरले टोलीमा परवेज होसेन र आदित्य महतालाई समावेश गरेको छ। यता लुम्बिनी लायन्सले अभिषेक गौतमको स्थानमा दिलीप नाथलाई प्लेइङ-११ मा राखेको छ।
दुवै टोली आजको खेलमा जित निकाल्दै प्रतियोगितामा तेस्रो जित दर्ता गर्ने लक्ष्यमा छन्।
त्यस्तै साँझा ५ बजे हुने दोस्रो खेलमा काठमाडौँ गोर्खाज र विराटनगर किंग्स भिड्दै छन्। दुई खेलमा एक हार र एक जित निकालेको काठमाडौँ दोस्रो जितको खोजीमा छ ।
दुई अंकसहित तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको काठमाडौँका लागि आजको खेल जित्नैपर्ने दबाब छ ।
चार खेलमा दुई जित निकालेको विराटनगर किंग्स चार अंकसहित तालिकाको दोस्रो स्थानमा छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर पाँचौ खेलमा तेस्रो जितको खोजीमा हुनेछ।


प्रतिक्रिया