काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल)मा बिहीबार लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको छ ।
लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ३० बलमा १ छक्का र ३ चौकासहित ३४ रन बनाए ।
यस्तै निरोशन डिकवेलाले २७ बलमा १ छक्का र २ चौकासहित २७, दिलिप नाथले १६ बलमा २ छक्का र २ चौकासहित २५, आशिफ शेखले २१ बलमा १ छक्का र २ चौकासहित २१ रन बनाए ।
जनकपुरका विशाल सुस्लिङ र राहुल यादवले समान २, कप्तान हर्मित सिंह, अभिषेक तिवारी, र ललित राजवंशीले समान १ विकेट लिए ।


प्रतिक्रिया