काठमाण्डु– नेपाल प्रहरीले काँग्रेस सभापति गगनकुमार थापालाई पक्राउ गर्न लागिएको भन्ने विषयमा प्रतिक्रिया दिएको छ ।
काठमाण्डु पाटीले थापा पक्राउबारे चलेका हल्लाका विषयमा केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी अबिनारायण काफ्लेलाई सोधेको थियो ।
जवाफमा प्रवक्ता काफ्लेले प्रहरीलाई त्यसबारे कुनै जानकारी नआएको बताए ।
उनले थापालाई प्रहरीले लगातार निगरानीमा राखेको विषय समेत असत्य बताएको बताए ।
‘उहाँलाई पक्राउ गर्न लागिएको भन्ने विषयमा कुनै जानकारी छैन’, काफ्लेले भने, ‘प्रहरीले पिछा गर्नुपर्ने कारण पनि छैन र गरेको पनि छैन ।’
उनले सरकारका तर्फबाट थापालाई पक्राउ गर्न वा निगरानी गर्न निर्देशन नआएको पनि स्पष्ट गरे ।
प्रहरी हिरासतमा रहेका बिचौलिया इनम सापकोटाले बयानका क्रममा काँग्रेसको आधिकारिकताग विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको टिमलाई दिने फैसला गराउन आफूले भूमिका खेलेको बताएका थिए ।
अदालत र निर्वाचन आयोगमा गरी १८ करोड रुपैयाँ बुझाएर थापाले काँग्रेस नेतृत्व हातमा लिएको भन्ने बयानको अडियो काठमाण्डु पाटीले सार्वजनिक गरेको थियो ।
त्यही बीच थापालाई पक्राउ गर्ने तयारी भएको समाचार बाहिर आएको हो ।
उक्त समाचारपछि थापाले पार्टी पदाधिकारीको आकस्मिक बैठक बोलाएका छन् ।
सापकोटाको बयान बाहिरिएपछि केही दिनअघि उनले गुण्डु पुगेर एमाले अध्यक्ष केपी ओलीलाई भेटेका थिए ।


प्रतिक्रिया