हामी यति चढेका छौँ, हामीले मान्छेलाई मान्छे गनेका छैनौँ : रवि लामिछाने

हामी यति चढेका छौँ, हामीले मान्छेलाई मान्छे गनेका छैनौँ : रवि लामिछाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना पार्टीका नेताहरू मात्तिएको टिप्पणी गरेका छन् ।शुक्रबार गृह जिल्ला चितवनमा आयोजित कार्यक्रममा बोल्दै लामिछानेले अहिले जनताले दिएको ठूलो जनमतलाई बिर्सेर मात्तिएको बताएका हुन् ।

उनले भने ‘हामी खरो उत्रिएका छौ, जनताले १८२ सिट दिएको छ, हाम्रो भूइँमा खुट्टा छैन, मात्तिएका छौँ, टुप्पिएका छौँ,’ लामिछानेले भने, ‘यसरी हुँदैन, माथिदेखि तलसम्म हामी यति मातिएका छौँ, हामी यति चढेका छौँ, हामीले मान्छेलाई मान्छे गनेका छैनौँ।’

लामिछानेले ऐना देखाउनेतिर झम्टिने राजनीतिक चरित्र नभएकाे उल्लेख गरे । हाम्रो व्यवहार, हाम्रा गतिविधि, हाम्रा तौरतरिका समाजले विश्लेषण गर्छ, विश्लेषण गर्ने समाजमाथि जाई लाग्नु सहि बाटो हुँदैन, समाजले हामीलाई ऐना देखाएको छ,ऐना देखाउनेतिर झम्टिने! त्यो राजनीतिक चरित्र होइन।’ लामिछानेले भने ।

‘हामीले भूइँ टेक्नुपर्छ, भूइँ छोड्नु हुँदैन, कुनै हालतमा तपाईंले भूइँ छोड्नु हुँदैन,’ उनले थपे, ‘हामीले एउटा चुनाव जितेका हौँ। कुनै ग्रहबाट खसेका मान्छे होइनौँ। हामी यहीँका मान्छे हौँ, यही जमिनका मान्छे हौँ। यसलाई हामीले भुल्नुहुँदैन।’