काठमाण्डु – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक पुगेर उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले विभिन्न जलेका पार्टी कार्यालयसँगै सार्वजनिक संरचनाहरू नियालेका छन् ।
दमक नगर कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले, कांग्रेस, तत्कालीन माओवादी लगायतले पश्चिमी शक्तिको स्वार्थ पूरा नगरेपछि ती दलको पार्टी कार्यालय र नेता–कार्यकर्ताको घर–भवन जलाएर ध्वस्त पार्न लगाइएको आरोप लगाए ।
उनले अहिलेको राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै यस्ता आरोप लगाएका हुन् । ‘सद्दाम हुसेन, बिन लादेन आफैँले उठाएर पछि बाधक बनेपछि पश्चिम शक्तिले खत्तम पारेको उदाहरण देखिएका छन्,’ उनले भने, ‘एमाले, कांग्रेस, तत्कालीन माओवादी लगायतले पश्चिमी शक्तिको स्वार्थ पूरा नगरेपछि ती दलको पार्टी कार्यालय र नेता कार्यकर्ताको घर–भवन जलाएर ध्वस्त पार्न लगाइयो ।’

एमाले अध्यक्ष ओलीका विश्वास पात्र मानिएका बादलले अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारलाई स्वीकार गर्न सकेका छैनन् । उनी ओलीकै शैलीमा पश्चिमा शक्तिहरूको आँटका कारण राष्ट्रिय स्वतन्त्र पार्टी यो अवस्थामा आएको विश्लेषण सुनाउँदै हिँड्छन् ।


प्रतिक्रिया