तिहारको बिदामा आयल निगमको डिपो खुला रहने

तिहारको बिदामा आयल निगमको डिपो खुला रहने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन दीपावलीसहित सार्वजनिक बिदाका दिनमा पनि नेपाल आयल निगमको डिपो खुला रहने भएको छ ।

उपभोक्ताको हितलाई ध्यानमा राखी स्थानीय आवश्यकताका आधारमा विराटनगर, अमलेखगञ्ज, थानकोट, पोखरा, भैरहवा, सुर्खेत, धनगढी, नेपालगञ्ज, दाङ, जनकपुर, चारआली, वीरगञ्ज र दिपायलका डिपो तथा प्रादेशिक कार्यालय खुला रहने निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए ।