ग्वाटेमालामा सांसद लक्षित आक्रमण, तीन प्रहरी अधिकृतको मृत्यु

ग्वाटेमालामा सांसद लक्षित आक्रमण, तीन प्रहरी अधिकृतको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी– ग्वाटेमालामा एक सांसदलाई लक्षित गरी शुक्रबार गरिएको सशस्त्र आक्रमणमा तीन प्रहरी अधिकृतको मृत्यु भएको छ । आक्रमणमा लक्षित सांसद भने सकुशल छन् ।

स्थानीय अग्निनियन्त्रक अधिकारी बायरन भास्क्वेजका अनुसार, आक्रमण हुँदा सांसद जुलियो पोर्टिलो पूर्वी ग्वाटेमालाको जाकापा प्रान्तस्थित रियो होन्डो सहरमा थिए । जाकापा लागुऔषध तस्करीका लागि परिचित क्षेत्र हो ।

गृह मन्त्रालयले मृत्यु हुने तीनै जना राष्ट्रिय नागरिक प्रहरी (नेसनल सिभिल पुलिस) का सदस्य रहेको पुष्टि गरेको छ । उनीहरूले सांसदलाई लक्षित गरी गरिएको प्रत्यक्ष आक्रमण विफल पारेको मन्त्रालयले जनाएको छ । आक्रमणमा संलग्न व्यक्ति फरार रहेका छन् भने उनीहरूको पहिचान खुल्न सकेको छैन ।

जाकापा क्षेत्रमा लागुऔषध कारोबारमा लोरेन्जाना परिवारको गिरोहको प्रभाव रहेको छ । उक्त गिरोहको सम्बन्ध मेक्सिकोको सिनालोआ कार्टेलसँग रहेको बताइएको छ ।

पोर्टिलो सन् २०२३ मा विपक्षी दल काबलबाट सांसद निर्वाचित भएका थिए । पछि उनी पूर्वप्रथम महिला सान्ड्रा टोरेस नेतृत्वको नेसनल युनिटी अफ होप पार्टीमा प्रवेश गरेका थिए ।

टोरेस आगामी वर्ष ग्वाटेमालामा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्ने अपेक्षा गरिएको छ ।