काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने यस वर्षको छठ पर्व राष्ट्रिय एकताको सन्देशसहित जनकपुरधाममा मनाउन जाने भएका छन्।
तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै लामिछानेले आफूहरू छठ मनाउन जनकपुरधामस्थित गंगासागर पुग्ने बताएका हुन्।
‘राष्ट्रिय एकताको सन्देशसहित यस वर्षको छठ पर्व मनाउन हामी जनकपुरधामको गंगासागरमा उपस्थित हुनेछौँ’, उनले भनेका छन्।
उनले तिहार र छठले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र नयाँ आशाको सञ्चार गर्ने विश्वास व्यक्त गरेका छन्।
यी पर्वले परिवार, समाज र समुदायबीचको प्रेम, सद्भाव, एकता र आपसी विश्वासलाई थप सुदृढ बनाउँदै विविधताबीचको राष्ट्रिय एकतालाई बलियो बनाउने उनको भनाइ छ।


प्रतिक्रिया