सुदूरपश्चिमको बलिङसामु यसरी धरासायी भयो जनकपुर (तस्बिरहरू)

सुदूरपश्चिमको बलिङसामु यसरी धरासायी भयो जनकपुर (तस्बिरहरू)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुदूरपश्चिम रोयल्सको कसिलो बलिङसामु जनकपुर बोल्ट्स ५० रनमै धराशायी भएको छ।

१२१ रनको लक्ष्य पछ्याइरहेको जनकपुरले १०.५ ओभरमा पाँच विकेट गुमाउँदै ४६ रन मात्र जोड्यो।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा ओपनर त्रित राज दासले सर्वाधिक २१ रन बनाए। उनले २९ बलमा एक छक्का प्रहार गरे। दासलाई आरिफ शेख र विकेटकिपर विनोद भण्डारीले रनआउट गराए।

त्यसअघि रायन बर्ल ८ रनमा दीपेन्द्र सिंह ऐरीको बलमा बोल्ड भए। दासलेबाहेक अरू कुनै ब्याटरको स्कोर सम्झिन लायक रहेन। अहिले जनकपुर ६२ रन जोड्दा ८ विकेटको क्षतिमा धरासायी भइसकेको छ।

जनकपुरका ओपनर अनिल साह २, आदित्य महता १० र ह्यारी टेक्टर १ रनमै आउट भए।

सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले ३ ओभरमा १२ रन दिँदै दुई विकेट लिए। दीपेन्द्रले २ ओभरमा ७ रन खर्चेर एक विकेट लिए भने हेमन्त धामीले ३ ओभरमा १६ रन दिएर एक विकेट हात पारे।