काठमाण्डु – काठमाण्डबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस मकवानपुरको भीमफेदीमा दुर्घटना हुँदा १० जना गम्भीर घाइते भएका छन्।
मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीस्थित भीमफेदी–कुलेखानी–मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीस्थित भीमफेदी–कुलेखानी–काठमाण्डु सडकखण्डमा ईभी गाडी बिहीबार बिहान दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सडकखण्डमा ईभी गाडी बिहीबार बिहान गाडी दुर्घटना भएको हो।
गाडी सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) माधव काफ्लेले जानकारी दिए।
गाडीमा चालकसहित १४ जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको उनले बताए।
दुर्घटनालगत्तै उद्धारका लागि इलाका प्रहरी कार्यालय भीमफेदीबाट ७ जना, जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमान्डमा १० जना, बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म थानाभर्याङबाट १० जना, सशस्त्र प्रहरी बलबाट १० जना र नेपाली सेनाको ११ जनाको टोली घटनास्थलमा खटिएको छ।
अहिले घटनास्थलमा उद्धार कार्य जारी रहेको र दुर्घटनामा परेकाको अवस्था तथा क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको डीएसपी काफ्लेले बताए।


प्रतिक्रिया