काठमाण्डु – मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा ईभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन्।
बिहीबार बिहान काठमाण्डुबाट सर्लाहीतर्फ जाँदै गरेको ईभी गाडी सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको थियो।
मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानी गढीस्थित भीमफेदी–कुलेखानी–मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानी गढीस्थित भीमफेदी-कुलेखानी-काठमाण्डु सडकखण्डमा ईभी गाडी बिहीबार बिहान दुर्घटना भएको हो । गाडी सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामा गाडीमा सवार १५ जनामध्ये १० जनाको मृत्यु भएको र पाँच जना घाइते भएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलन्द्र थापाले जानकारी दिए। मृत्यु तथा घाइते भएका व्यक्तिहरूको सनाखत भएको छैन ।


प्रतिक्रिया