काठमाण्डु – मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा ईभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन्।
घाइते भएकामध्ये तीन जनालाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको छ। घाइते हुनेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका ३३ वर्षीय मुकेश यादव, ५ वर्षीय सक्षम कुमार यादव र ३ वर्षीय सुदन यादव छन्।
मुकेश यादवको टाउको र ढाडमा चोट लागेको छ भने उनको अवस्था सामान्य रहेको छ। त्यसैगरी, सक्षम कुमार यादवको शरीरमा भित्री चोट लागेको र अवस्था सामान्य रहेको छ। सुदन यादवको टाउको र मुखमा चोट लागेको छ भने उनको अवस्था मध्यम रहेको जनाइएको छ।
मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानी गढीस्थित भीमफेदी–कुलेखानी–मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानी गढीस्थित भीमफेदी-कुलेखानी-काठमाण्डु सडकखण्डमा ईभी गाडी बिहीबार बिहान दुर्घटना भएको हो । गाडी सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको थियो ।


प्रतिक्रिया