भीमफेदी दुर्घटना : मृतकको पहिचान गर्न समस्या

भीमफेदी दुर्घटना : मृतकको पहिचान गर्न समस्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भीमफेदी दुर्घटनामा सबको पहिचान गर्न समस्या परेको छ। मकवानपुरको भीमफेदीमा आज बिहीबार बिहान माइक्रो बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ जसमध्ये दुईजना चालकको मात्रै अहिलेसम्म पहिचान खुलेको हो।

भीमफेदी गाउँपालिका-६ चिसापानी गढीमा मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको हाइस गाडी सडकबाट खसेको थियो। उक्त गाडी करिब ५०० मिटर तल भिरमा खसेकको हो ।

व्यक्तिहरूमा छ सात जनाको परिचय खुले पनि सबको सनाखत भने हुन सकेको छैन।

मकनपुर प्रहरीका अनुसार मृत्यु भएकामध्ये चारजनाको सब हेटौडा अस्पताल ल्याइएको छ।

घाइते छ जनाको उपचार भइरहेको प्रहरीको भनाइ छ।