काठमाण्डु – छठ मनाउनका लागि गगन थापा पनि सर्लाही जाने भएका छन् ।
उनको सचिवालयका अनुसार उनी श्रीमती र परिवारसँगै सर्लाही जाने या नजाने भन्ने विषयको टुंगो लागेको छैन ।
तर गगन भने जाने निधो भएको हो । गगनका लागि आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ मा पूजाआजाको तयारी भइरहेको छ । उनी आईतबार जाने कार्यक्रम रहेको बताइएको छ।
कांग्रेस सर्लाही कार्यबाहक सभापति सरोज कुमारका अनुसार उनले त्यहाँ थोरै राजनीतिक भेटवार्ता गर्नेछन् । तर लामो समयसम्म भने भेटवार्ताको कार्यक्रम नरहेको बताइएको छ । सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद अमरेश कुमार सिंहको निर्वाचन क्षेत्र हो।
गगन निर्वाचनमा पराजय भएपछि पनि पटक–पटक यो क्षेत्र पुग्दै आएका छन् ।


प्रतिक्रिया