काठमाण्डु – नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
तिहार पछि बजार खुल्दा सुनको मूल्य प्रतितोला १२ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार मूल्य समायोजन गरेको हो । मूल्य समायोजन हुँदा तोलामा १२ हजार ६ सय रुपैयाँ घटेको हो ।
शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ७१ हजार ७ सयमा बिक्री भइरहेको छ । यसअघि गत सोमबार २ लाख ८४ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यस्तै चाँदीको भाउ तोलामा १५५ रुपैयाँ घटेको छ । सोमबार प्रतितोला ३ हजार ८५५ रुपैयाँ रहेको चाँदी ३ हजार ७ सय रुपैयाँमा झरेको छ।


प्रतिक्रिया