भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई जनही १ लाख राहत दिने मधेश सरकारको निर्णय

भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई जनही १ लाख राहत दिने मधेश सरकारको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा – मधेश प्रदेश सरकारले मकवानपुरको भीमफेदीमा बिहीबार भएको सडक दुर्घटनामा परी मृत्यु भएकाका परिवारलाई जनही १ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रदेश मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले मृतकका परिवारलाई राहतस्वरूप जनही १ लाख उपलब्ध गराउने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री नागेन्द्र साहले जानकारी दिए ।

बैठकले दुर्घटनामा घाइते भएकाहरूको उपचार प्रादेशिक अस्पतालमा नि:शुल्क गर्ने व्यवस्था मिलाउने निर्णयसमेत गरेको छ ।

मन्त्री साहका अनुसार मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेदेखि सञ्चालन गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

प्रदेशसभा बैठक सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णयसँगै बैठक पुन: सञ्चालन हुने बाटो खुलेको छ ।