स्थानीय तह निर्वाचनको असाधारण महत्त्व छ : अध्यक्ष ओली

स्थानीय तह निर्वाचनको असाधारण महत्त्व छ : अध्यक्ष ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनको असाधारण महत्त् रहेको बताएका छन् ।

नेकपा एमाले बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘अब निर्वाचनहरू आउँदैछन् । अब तुरुन्तै हाम्रा अगाडि स्थानीय तहको निर्वाचन आउँछ । स्थानीय तहको निर्वाचन भनेको स्थानीय तहको निर्वाचन मात्रै होइन । त्यो भोलि गएर राष्ट्रिय सभाको निर्वाचन पनि हो ।’

स्थानीय तहमा प्रमुख र उपप्रमुख हुनेहरूले राष्ट्रियसभा निर्वाचनमा भोट हाल्ने उनले बताए । ‘यसको स्थानीय तहमा सरकार बनाउने अथवा स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष वा प्रमुख, उपप्रमुख, सदस्यहरू, कार्यकारिणी आदि बनाउने कुरासँग मात्रै सम्बन्धित छैन । त्यसकारण यो निर्वाचन राष्ट्रिय सभामा मतदाता तयार गर्ने निर्वाचन हो,’ उनले भने ।

देश विकासका काम गर्न, भ्रष्टाचार रोक्न, जनताको सेवा पुर्‍याउन, स्थानीय तहबाट विकासका कामहरूलाई अगाडि बढाउन, शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्रलाई अगाडि बढाउन स्थानीय तह निर्वाचनको असाधारण महत्व रहेको उनले बताए ।

स्थानीय निर्वाचनको १ वर्षपछि प्रदेश सभाको निर्वाचन हुने उनले स्मरण गराएका छन् ।