काठमाण्डु- नेकपा (एमाले) ले आगामी मंसिर २ देखि ५ गतेसम्मका केन्द्रीय कार्यक्रम सार्वजनिक गरेको छ ।
पार्टीका प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार एमालेले मंसिर २ र ३ गते काठमाडौंको कार्की ब्याङ्क्वेटमा राष्ट्रिय भेला आयोजना गर्नेछ ।
राष्ट्रिय भेलालगत्तै मंसिर ४ गते स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला आयोजना गरिनेछ ।
बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा हुने भेलामा एमालेका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरू सहभागी हुनेछन् ।
त्यस्तै, मंसिर ५ गते पार्टी केन्द्रीय कमिटीको चौथो बैठक बस्ने कार्यक्रम तय भएको आचार्यले जानकारी दिएका छन् ।
राष्ट्रिय भेलालाई अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेता विद्या भण्डारीसहितले सम्बोधन गर्ने भएका छन् ।


प्रतिक्रिया