मुगु दुर्घटनामा गम्भीर घाइते दुई जनालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाण्डु ल्याइँदै

मुगु दुर्घटनामा गम्भीर घाइते दुई जनालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाण्डु ल्याइँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मुगुमा भ्यान दुर्घटनामा गम्भीर घाइते भएका दुई जनालाई थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरी काठमाण्डु ल्याउने भएको छ। उद्धारका लागि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयसँग हेलिकप्टर माग गरेको छ।

आइतबार छायाँनाथ रारा नगरपालिका ७ स्थित जिरो प्वाइन्ट नजिक पिकअप भ्यान दुर्घटनामा परेको थियो। सुर्खेतबाट रारातर्फ जाँदै गरेको बा.१ ज.प. १८६४ नम्बरको भ्यान रारा जाने कच्ची सडकखण्डबाट करिब ६ सय मिटर तल खसेको थियो ।
दुर्घटनामा तीन जनाको मृत्यु भएको र दुई जना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा काठमाण्डु कलंकीका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षिय पूर्णबहादुर थापाको छन्।

त्यस्तै, ललितपुरकी ५४ वर्षीय अञ्जु थापा र ५८ वर्षीय कञ्चन थापा घाइतेको अवस्था गम्भीर भएकाले घाइतेहरूलाई थप उपचारका लागि गृह मन्त्रालयलाई पत्र पठाएको डिएसपी रविराज थपलियाले बताए।

घाइतेको मुगु जिल्ला अस्पतालमा उपचार भइरहेको थियो। स्वास्थ्य अवस्था गम्भीर रहेकाले थप उपचारका लागि ललितपुरस्थित बी एन्ड बी अस्पताल रेफर गरिएको जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयलाई पठाएको पत्रमा उल्लेख छ।