इनम सापकोटामाथिको अनुसन्धान पारदर्शी छैन : एमाले महासचिव पोखरेल

इनम सापकोटामाथिको अनुसन्धान पारदर्शी छैन : एमाले महासचिव पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले इनम सापकोटामाथि भइरहेको अनुसन्धान पारदर्शी नभएको आरोप लगाएका छन्।

सोमबार पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा पोखरेलले सापकोटासँग जोडिएका घटनाक्रमले सरकार सञ्चालनको शैलीमाथि प्रश्न उठाएको बताए।

उनले प्रधानमन्त्रीको निर्वाचन अभियानदेखि सरकारको कोर टिमसम्म सापकोटाको संलग्नताबारे विभिन्न विवरण सार्वजनिक भएको उल्लेख गरे। प्रहरी नियन्त्रणमा लिइएको मोबाइल प्रधानमन्त्रीका सल्लाहकारले दुई–तीन दिनसम्म राखेको विषयले पनि राज्य सञ्चालन प्रक्रियामाथि प्रश्न उठाएको उनको भनाइ थियो।

‘इनम सापकोटाका नाममा जे पटाक्षेप भएको छ, त्यसका रहस्यहरू आउन बाँकी नै छन्। अनुसन्धानको प्रक्रिया रहस्यमय देखिँदै छ, पारदर्शी छैन,’ पोखरेलले भने।

यस्तै उनले प्रधानमन्त्रीलाई झापाबाट उम्मेदवार बनाउनु उपयुक्त हुन्छ वा हुँदैन भन्ने विषयमा गरिएको सर्वेक्षणदेखि निर्वाचन अभियानसम्म इनम सापकोटाको संलग्नताबारे चर्चा बाहिर आएको उल्लेख गरे ।

उनले भने, ‘त्यसका रहस्य त आउन बाँकी नै छन्। धेरैले गरेको विश्लेषण प्रधानमन्त्रीलाई झापामा उम्मेदवार बनाउन उपयुक्त हुन्छ हुँदैन भन्ने कुराको सर्वेक्षण पनि उनकै नेतृत्वमा भएको थियो भन्ने छ। चुनावको क्याम्पेनमा पनि उनै सामेल भए। प्रधानमन्त्री भइसकेपछि कसरी सरकारलाई सफल बनाउने भन्ने कोर टिमभित्र पनि उनी रहे भन्नेसम्मका कुराहरू आइसकेका छन्।’