काठमाण्डु– सरकारले राष्ट्रिय कर दिवसको अवसर पारेर आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा बढी कर दाखिला गर्ने विभिन्न संस्था तथा व्यक्तिलाई सम्मान गरेको छ।
मंसिर १ गते आयोजित विशेष समारोहमा अर्थमन्त्री स्वर्णिम वाग्लेले सर्वाधिक कर दाखिला गर्ने संस्थाका रूपमा सूर्य नेपाल प्रालिलाई सम्मान गरेका हुन्।

सरकारले विभिन्न क्षेत्रबाट उल्लेखनीय कर योगदान गर्ने अन्य संस्थालाई पनि सम्मान गरेको छ। एकलौटी फर्मतर्फ थर्ड आई इन्टरनेसनल, वस्तु निर्याततर्फ डाबर नेपाल, सूचना प्रविधि सेवा निर्याततर्फ इनफाइनाइट र बैंकिङ क्षेत्रतर्फ नबिल बैंक सम्मानित भएका छन्।

त्यस्तै, शिक्षा तथा स्वास्थ्य क्षेत्रबाट नोबेल मेडिकल कलेज, पर्यटन क्षेत्रबाट सोल्टी होटल र वस्तु व्यापारतर्फ सीजी इम्पेक्स प्रालि सम्मानित भएका छन्।
व्यक्तिगत आयतर्फ सबैभन्दा बढी कर दाखिला गर्ने राजबहादुर शाहलाई पनि सरकारले सम्मान गरेको छ।

सरकारले करदातालाई प्रोत्साहन गर्दै कर प्रणालीप्रति जिम्मेवारी र सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्ष राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ।






प्रतिक्रिया