होण्डाको दशैं योजना : तीन साताका २१ विजेता सार्वजनिक, कसले कति जिते?

होण्डाको दशैं योजना : तीन साताका २१ विजेता सार्वजनिक, कसले कति जिते?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- होण्डाको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले दशैं विशेष योजना ‘यो दशैं, आशाको सुरुवात’ अन्तर्गत सातै प्रदेशबाट पहिलो तीन साताका विजेताहरू सार्वजनिक गरेको छ।

कम्पनीले ‘होण्डा छ साथ साथ’ अभियानमार्फत प्रत्येक प्रदेशबाट हरेक हप्ता एक जना गरी सात जना विजेता छनोट गरेको हो। विजेताहरूले १० हजारदेखि एक लाख रुपैयाँसम्म नगद पुरस्कार प्राप्त गर्नेछन्।

योजनाअन्तर्गत पहिलो हप्तामा मधेश प्रदेशका अफजल मियाँले सर्वाधिक एक लाख रुपैयाँ जितेका छन्। दोस्रो हप्तामा कर्णाली प्रदेशका मानसिंह दाहालले एक लाख रुपैयाँ प्राप्त गरेका छन् भने तेस्रो हप्तामा कोशी प्रदेशका आशिष राईले ५० हजार रुपैयाँ जितेका छन्।

यस योजनाको विशेषताअनुसार विजेताले प्राप्त गर्ने रकम बराबरकै थप रकम होण्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ।

ग्राहकको उत्साहलाई मध्यनजर गर्दै कम्पनीले योजना आगामी मंसिर १४ गते (नोभेम्बर ३०) सम्म थप गरेको छ। कम्पनीले यसबाट थप ग्राहकलाई योजनामा सहभागी भई पुरस्कार जित्ने अवसर मिल्ने विश्वास व्यक्त गरेको छ।

कम्पनीका अनुसार पहिलो हप्तामा प्रदेश १ बाट रामचन्द्र न्यौपाने (१० हजार), प्रदेश २ बाट अफजल मियाँ (एक लाख), प्रदेश ३ बाट गोकुलप्रसाद ओली (१० हजार), प्रदेश ४ बाट बिज्ञान लामा (१० हजार), प्रदेश ५ बाट कृष्णबहादुर खड्का (१० हजार), प्रदेश ६ बाट पदमबहादुर शाही (५० हजार) र प्रदेश ७ बाट आदर्श कन्स्ट्रक्सनका मदन यादव (१० हजार) विजेता बनेका छन्।

त्यस्तै, दोस्रो हप्तामा प्रदेश १ बाट विकासकुमार यादव (१० हजार), प्रदेश २ बाट सुन लामा (१० हजार), प्रदेश ३ बाट राजु महर्जन (२५ हजार), प्रदेश ४ बाट बलराम थापा (५० हजार), प्रदेश ५ बाट पुष्पा थारु (१० हजार), प्रदेश ६ बाट मानसिंह दाहाल (एक लाख) र प्रदेश ७ बाट विनिता पाठक (१० हजार) विजेता घोषित भएका छन्।

यसैगरी, तेस्रो हप्तामा प्रदेश १ बाट आशिष राई (५० हजार), प्रदेश २ बाट सुशीलकुमार श्रीवास्तव (१० हजार), प्रदेश ३ बाट दिशान्त विष्ट (१० हजार), प्रदेश ४ बाट मनोज घिमिरे (१० हजार), प्रदेश ५ बाट दामोरबहादुर बुढाथोकी (१० हजार), प्रदेश ६ बाट प्रोभिन्स आयुर्वेद हस्पिटल एण्ड रिसर्च सेन्टर (१० हजार) र प्रदेश ७ बाट जुजेस्टर राणा (१० हजार) विजेता बनेका छन्।