एमालेको राष्ट्रिय भेला : ओलीले गरे उद्घाटन (तस्बिरहरू)

एमालेको राष्ट्रिय भेला : ओलीले गरे उद्घाटन (तस्बिरहरू)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेको राष्ट्रिय भेला बुधबारदेखि काठमाण्डुको बबरमहलमा सुरू भएको छ।

बिहान ११ बजेबाट भेला सुरू भएको हो। भेलामा ३ हजार भन्दा धेरै नेता-कार्यकर्ता सहभागी भएका बताइएको छ।

स्थानीय तहको निर्वाचनको तयारीका लागि भेला आयोजना गरिएको पार्टीका उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

मंगलबार बसेको पार्टी स्थायी कमिटीको बैठकले यो भेलाका एजेण्डाहरू अनुमोदन गरेको थियो।

जसमा गत असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठकले गरेका निर्णयहरूको कार्यन्यवनमा एकरुपमता र पार्टीले गर्नुपर्ने १५ कामबारे छलफल गरिने भट्टले जानकारी दिए ।

भेलामा केन्द्रीय कमिटीका सदस्यहरू, प्रदेश र जिल्लाका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष उपाध्यक्ष, जनसंगठन, केन्द्रीय निकाय,संघीय र प्रदेशका सांसदहरू, स्थानीय तहका प्रमुख र उपप्रमुखहरू सहभागी भएका छन्।

भेलाको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरिसकेका छन्। यसैगरी वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षहरू रामबहादुर थापा बादल, विष्णु पौडेल र महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले बताए।