नेपालमा ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव

नेपालमा ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ ।

हाल कोशी प्रदेशमा तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा आंशिक बादल लागेको छ । तराई भू९भाग, उपत्यका तथा खोँचहरूका धेरै स्थानमा तुवाँलो लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

बिहीबार दिउँसो कोशी र मधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

यस्तै राति कोशी र मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। शुक्रबार दिउँसो कोशी र मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।