काठमाण्डु – नेकपा (एमाले)को राष्ट्रिय भेला दोस्रो दिन बिहीबार पनि जारी रहने छ ।
भेलालाई पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ तथा पार्टीका वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने कार्यक्रम छ ।
त्यसपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘आजका दुई कार्यभार र गर्नुपर्ने १५ काम’ विषयमा प्रशिक्षणमूलक सम्बोधन गर्नेछन् ।
भेलाले समसामयिक प्रस्तावहरू पारित गर्नेछ । दिवा भोजनपछि राष्ट्रिय भेलाको समापन हुनेछ ।
यसैबीच, दिउँसो ३ बजेदेखि पार्टी केन्द्रीय कमिटीको चौथो बैठक बस्ने कार्यक्रम छ ।



प्रतिक्रिया