नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी श्रेष्ठलाई

नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी श्रेष्ठलाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सहायक रथी राजेन्द्र श्रेष्ठले नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सम्हालेका छन् । श्रेष्ठले मंसिर ३ गतेदेखि औपचारिक रूपमा नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन् ।

जिम्मेवारी सम्हालेपछि उनले नेपाली सेनासँग विगतमा झैँ साथ, सहयोग तथा रचनात्मक सुझाव प्रदान गर्न सबैमा आग्रह गरेका छन् ।

उनले नेपाली सेनाको प्रवक्ताको रूपमा आफूलाई आवश्यक सहयोग, सहकार्य र सुझाव प्राप्त हुने अपेक्षा व्यक्त गर्दै धन्यवादसमेत दिएका छन् ।

यस्तै १७ महिनादेखि सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशक समेतको जिम्मेवारीमा रहेका बस्नेतलाई प्रधानसेनापतिको सचिवालयमा सैनिक सहायकको जिम्मेवारी प्रदान गरिएको छ।