काठमाण्डु – नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी ४ वर्षसम्मकै लागि केपी ओली एमालेको नेतृत्वमा रहने स्पष्ट पारेका छन् ।
एमालेमा ओलीको विकल्प खोज्नुपर्ने आवाज उठिरहँदा ओली निकट नेता मानिने बस्नेतले यस्तो प्रष्टीकरण दिएका हुन् ।
एमालेको राष्ट्रिय भेलामा सरिक रहेकै अवस्थामा काठमाण्डुपाटीसँग छोटो कुरा गर्दै बस्नेतले मध्यावधि निर्वाचन हुनसक्ने र पुन: केपी ओली प्रधानमन्त्री हुने सम्भावना समेत रहेको दाबी गरे ।
‘अबको ४ वर्ष केपी ओलीलाई एमालेको नेतृत्वबाट कसैले हल्लाउन सक्दैन । एमालेमा ज-जसले नेतृत्व परिवर्तनको आवाज उठाइरहेका छन्, ती कसैबाट परिचालित व्यक्ति हुन् भन्ने मलाई लाग्छ,’ बस्नेतले काठमाण्डुपाटीसँग भने, ‘एमालेको नेतृत्वमा मात्रै रहने कुरा होइन, मध्यावधि निर्वाचन हुनसक्ने र केपी ओली फेरि प्रधानमन्त्री बन्ने सम्भावना देख्दैछु । यसका लागि सबै कार्यकर्तालाई एमाले बलियो बनाउन एक हुन आह्वानसमेत गर्छु ।’
उनले पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीलाई मत दिएका व्यक्तिहरूले नै पश्चाताप गर्न थालेको दाबीसमेत गरेका छन् ।
बस्नेतले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ र सभापति रवि लामिछानेकै कारण धेरै जना पार्टीका सांसदहरू पनि उक्त पार्टीमा गएकोप्रति दुखेसो गर्न थालेको दाबी गरेका छन् ।
विस्तृत अन्तर्वार्ता प्रतीक्षा गर्नुस् ।



प्रतिक्रिया