काठमाण्डु- निर्वाचन लक्षित गतिविधिबारे छलफल गर्न निर्वाचन आयोगमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसहितको बैठक सुरू भएको छ।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन्।
बैठकमा निर्वाचनको मिति, निर्वाचन प्रणाली र निर्वाचन व्यवस्थापनलगायतका विषयमा छलफल हुने बताइएको छ।
विशेषगरी निर्वाचन एकै चरणमा गर्ने वा स्थानीय तह र प्रदेशको निर्वाचन छुट्टाछुट्टै चरणमा गर्ने भन्ने विषयमा छलफल केन्द्रित हुने अपेक्षा गरिएको छ।
निर्वाचन आयोगले आगामी चैत ५ गतेभित्र निर्वाचन सम्पन्न गर्ने समयसीमा प्रस्ताव गरेको छ। तर निर्वाचन चैतमा गर्ने वा वैशाखमा गर्ने भन्ने विषयमा अझै टुंगो लागेको छैन।
वैशाखमा स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिने भएकाले स्थानीय तहमा नेतृत्वविहीनताको अवस्था आउन नदिन चैतमै निर्वाचन गर्नुपर्ने सुझाव आयोगले दिएको छ।
आजको बैठकबाट निर्वाचनको मिति र प्रक्रियाबारे राजनीतिक दलहरूबीच सहमति जुटाउने प्रयास गरिने भएको छ।



प्रतिक्रिया