निर्वाचन आयोगबाट चाँडै बाहिरिए ओली, भने- हाम्रो त्यही लेभलको नेता बैठकमा हुनुहुन्छ

निर्वाचन आयोगबाट चाँडै बाहिरिए ओली, भने- हाम्रो त्यही लेभलको नेता बैठकमा हुनुहुन्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- निर्वाचन आयोगले बोलाएको शीर्ष नेताहरूसहितको बैठकमा सहभागी हुन पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चाँडै बाहिरिएका छन्।

स्थानीय तह र प्रदेश निर्वाचनका विषयमा छलफल गर्न आयोगले बोलाएको बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेता सहभागी छन्।

बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीले ओलीलाई बैठकमा किन नबसेको भन्दै प्रश्न गरेका थिए। जवाफमा उनले भने, ‘हाम्रो त्यही लेभलको नेता बैठकमा हुनुहुन्छ।’

एमालेका तर्फबाट नेता देवेन्द्र दाहाल बैठकमा सहभागी छन्। बैठकस्थलबाट बाहिरिने क्रममा ओलीले आफू बैठकमा आएको जानकारी गराउन र नआएको भन्ने भ्रम नहोस् भनेर उपस्थित भएको बताएका थिए।

निर्वाचन आयोगले स्थानीय तह र प्रदेश निर्वाचनको मिति तथा प्रक्रियाबारे प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गरिरहेको छ।

यसअघि ओली र रास्वपा सभापति रवि लामिछानेबीच राजनीतिक सम्बन्ध सहज देखिएको छैन। त्यस्तै, ओली र कांग्रेस सभापति गगनकुमार थापाबीच पनि राजनीतिक मतभेद रहँदै आएको छ।