नेपालले भारत ‘ए’ विरुद्ध टस जित्यो, पहिला फिल्डिङ गर्दै

नेपालले भारत ‘ए’ विरुद्ध टस जित्यो, पहिला फिल्डिङ गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपालले एसिया कप राइजिङ स्टार्स प्रतियोगिताअन्तर्गत भारत ‘ए’ विरुद्धको खेलमा टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ ।

कतारको दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेसनल क्रिकेट स्टेडियममा भएको टसमा नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले टस जितेर बलिङ रोजेका हुन् । अब भारत ‘ए’ले पहिला ब्याटिङ गर्नेछ ।

नेपाल एसीसी प्रिमियर कपको उपाधि जित्दै प्रतियोगितामा छनोट भएको हो । आठ टोली सहभागी प्रतियोगितामा नेपाल समूह ‘बी’मा छ । यस समूहमा भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएई छन् ।

नेपालले आइतबार यूएई र मंगलबार पाकिस्तानसँग खेल्ने तालिका छ ।

नेपाल प्रिमियर लिग (एनपीएल) जारी रहेकाले रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीलगायतका खेलाडी भने प्रतियोगितामा सहभागी छैनन् ।