नागढुंगा-मुग्लिन सडक आजदेखि पाँच घण्टा बन्द रहने

नागढुंगा-मुग्लिन सडक आजदेखि पाँच घण्टा बन्द रहने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नागढुंगा–मुग्लिन सडकखण्ड शनिबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ।

पृथ्वी राजमार्गको नागढुङ्गा–मुग्लिन सडकखण्डअन्तर्गत घोप्टेभीरमा लगातार सुक्खा पहिरो खस्न थालेपछि सवारी रोकेर पहिरो नियन्त्रणको काम गर्न दैनिक पाँच घण्टा बन्द हुने भएको छ। पहिरोका कारण मानवीय क्षतिसमेत भएपछि सम्भावित जोखिम न्यूनीकरण गर्न सडक बन्द गरेर पहिरो हटाउने निर्णय गरिएको हो।

घोप्टेभीरमा निरन्तर पहिरो खस्ने क्रम नरोकिएपछि जोखिम न्यूनीकरण तथा पहिरो पन्छाउने कामका लागि सडक बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।
शनिबारदेखि अर्को सूचना प्रकाशित नभएसम्म बिहान ११ देखि अपह्रान्न ४ बजेसम्म पाँच घण्टा सडक आवागमन बन्द गरिने छ।

सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले सूचना जारी गर्दै शनिबारदेखि अर्को सूचना नभएसम्म हरेक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडकमा सबै प्रकारका सवारीसाधनको आवागमन रोक्ने जानकारी दिएका छन्।

उक्त समयमा पहिरोसँगै खस्ने जोखिममा रहेका ढुंगा र माटो हटाइनेछ। बिहीबारदेखि घोप्टेभीरमा पहिरो खस्न थालेको भए पनि निरन्तर पहिरो झरिरहेकाले पन्छाउने कार्यमा कठिनाइ भइरहेको प्रशासनले जनाएको छ ।