काठमाण्डु – भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले प्रधानमन्त्री वालेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्ने भएका छन्।
प्रधानमन्त्रीश शाह आइतबार दिउँसो दुई दिने राजीकय भ्रमणका लागि भारत जाँदैटन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा शाह भारत जान लागेका हुन् । यो उनको पहिलोपटक औपचारिक विदेश भ्रमण पनि हो ।
भारतको राजधानी नयाँ दिल्लीमा ओर्लदा त्यहाँस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री प्रसादले उनलाई स्वागत गर्ने भएका छन्।
आइतबार दिउँसो १ : ४५ बजे काठमाण्डुको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायु सेवा निगमको विमान चढेर उनी दिल्ली प्रस्थान गर्नेछन् । दिल्लीमा प्रधानमन्त्री शाहलाई राज्यमन्त्री प्रसादले विमानस्थालमा स्वागत गर्ने छन्।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह दिल्ली पुगेपछि पहिलो भेटवार्ता सोही दिन भारतका विदेशमन्त्री एस जयशंकरसँग हुने छ। यस्तै सोमबार भारतीय प्रधानमन्त्री मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता हुने कार्यक्रम छ ।
प्रधानमन्त्रीका साथमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारीसहित ३४ जना भ्रमण टोलीमा सहभागी हुनेछन्।



प्रतिक्रिया