दिल्लीमा नेपाल-भारत व्यापारिक गोलमेच बैठक हुँदै

दिल्लीमा नेपाल-भारत व्यापारिक गोलमेच बैठक हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री बालेन शाहको दिल्ली भ्रमणको क्रममा आइतबार नयाँ दिल्लीमा नेपाल–भारत व्यापारिक गोलमेच बैठक हुने भएको छ ।

उक्त बैठकमा परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्बोधन गर्नेछन् । भारतीय उद्योग परिसंघ (सीआईआई)ले दिल्लीको होटल ताजमहलमा आयोजना गर्ने बैठकमा नेपाल र भारतका व्यवसायीहरूको पनि सहभागिता रहने छ ।

कार्यक्रममा सीआईआईका सहअध्यक्ष विक्रमजित सिंह साहनी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुश्री याङ्की उक्याबसहितको उपस्थिति रहने छ ।

कार्यक्रममा नेपाल र भारतको व्यपारिक आदानप्रदानको विषयमा छलफल हुनेछ ।