यस्तो छ प्रधानमन्त्री वालेन्द्रको दुई दिने भारत भ्रमणको विस्तृत कार्यतालिका

यस्तो छ प्रधानमन्त्री वालेन्द्रको दुई दिने भारत भ्रमणको विस्तृत कार्यतालिका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-प्रधानमन्त्री वालेन्द्र शाह आइतबार गणतन्त्र भारतको दुईदिने राजकीय भ्रमणमा जाँदैछन्। आइतबार र सोमबार दुई दिन करिब २५ घण्टाका लागि भ्रमण तालिका सार्वजनिक भएको छ। सार्वजनिक कार्यतालिकाअनुसार प्रधानमन्त्री शाह आइतबार दिउँसो नयाँ दिल्ली प्रस्थान गरेर सोमबार साँझ काठमाण्डु आइसक्ने छन्।

पहिलो दिनको कार्यतालिका (मंसिर ६ / २२ नोभेम्बर)

  • दिउँसो १:१० बजे : निवासबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षतर्फ प्रस्थान।
  • दिउँसो १:४५ बजे : नेपाल वायुसेवा निगमको उडान नम्बर आरए २१७ मार्फत नयाँदिल्लीका लागि प्रस्थान।
  • दिउँसो ३:१५ बजे : नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आगमन।
  • दिउँसो ४ बजे : मानसिंह रोडस्थित ताजमहल होटलमा आगमन।
  • साँझ ६ बजे : भारतका विदेशमन्त्रीसँग शिष्टाचार भेटवार्ता।
  • साँझ ७ बजे : नेपाल–भारत बिजनेस फोरमको बैठकमा सहभागिता।

दोस्रो दिनको कार्यतालिका (मंसिर ७ / २३ नोभेम्बर)

भ्रमणको दोस्रो दिन बिहानदेखि साँझसम्म उच्चस्तरीय भेटवार्ता, द्विपक्षीय वार्ता तथा विभिन्न औपचारिक कार्यक्रम तय गरिएका छन्।

साँझ ७ बजे : निवासमा आगमन।

बिहान ८ बजे : ब्रेकफास्ट।

बिहान ९:५० बजे : होटलबाट राष्ट्रपति भवनतर्फ प्रस्थान।

बिहान १० बजे : राष्ट्रपति भवनमा औपचारिक स्वागत।

बिहान १०:३० बजे : राजघाटतर्फ प्रस्थान।

बिहान १०:४० बजे : महात्मा गान्धीको समाधिस्थलमा पुष्पगुच्छा अर्पण।

बिहान १०:५० बजे : हैदराबाद हाउसतर्फ प्रस्थान।

बिहान ११ बजे : हैदराबाद हाउसमा आगमन तथा फोटो सेसन।

बिहान ११:०५ बजे : भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता।

बिहान ११:५० बजे : प्रतिनिधिमण्डलस्तरीय वार्ता।

दिउँसो १२:३५ बजे : विभिन्न परियोजनाको विद्युतीय माध्यमबाट उद्घाटन, समझदारीपत्र (एमओयू) तथा सम्झौता आदानप्रदान र दुवै प्रधानमन्त्रीबाट संयुक्त प्रेस वक्तव्य।

दिउँसो १:०५ बजे : दुवै प्रधानमन्त्रीसमक्ष प्रतिनिधिमण्डलका सदस्यहरूको परिचय।

दिउँसो १:१५ बजे : भारतीय प्रधानमन्त्रीद्वारा आयोजित दिवाभोजमा सहभागिता।

दिउँसो २:२० बजे : आगन्तुक पुस्तिकामा हस्ताक्षर र त्यसपछि होटलतर्फ प्रस्थान।

दिउँसो ३ बजे : होटलबाट राष्ट्रपति भवनतर्फ प्रस्थान।

दिउँसो ३:१५ बजे : भारतीय राष्ट्रपतिसँग शिष्टाचार भेट।

दिउँसो ३:४० बजे : इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलतर्फ प्रस्थान।

दिउँसो ४:३० बजे : विमानस्थलमा आगमन।

दिउँसो ४:५० बजे : नेपाल वायुसेवा निगमको उडान नम्बर आरए २१८ मार्फत काठमाण्डुका लागि प्रस्थान।

साँझ ६:३५ बजे : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाण्डुमा आगमन तथा परराष्ट्रमन्त्रीद्वारा पत्रकार सम्मेलन।