गान्धीको समाधिस्थलमा पुगेर प्रधानमन्त्री शाहले दिए यस्तो सन्देश

गान्धीको समाधिस्थलमा पुगेर प्रधानमन्त्री शाहले दिए यस्तो सन्देश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले नयाँ दिल्लीस्थित राजघाटमा रहेको महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री शाहले आगन्तुक पुस्तिकामा गान्धीका आदर्शले शान्तिपूर्ण, न्यायपूर्ण र सद्भावपूर्ण विश्व निर्माणको साझा यात्रालाई सधैं उज्यालो बनाइरहने विश्वाससमेत व्यक्त गरेका छन् ।

‘जीवनले सत्यमा कुनै पनि शक्तिभन्दा अतुलनीय सामर्थ्य हुने प्रमाणित गरेको छ’, प्रधानमन्त्रीले लेखेका छन्, ‘भगवान् गौतम बुद्धको जन्मभूमि नेपालबाट आएको उल्लेख गर्दै उनले गान्धीको विरासतमा पनि त्यही अमर प्रकाश देखेको बताएका छन् । ‘करुणा नै सर्वोच्च शक्ति हो र साँचो नेतृत्व भनेको समाजका सबैभन्दा विनम्र मानिसको निःस्वार्थ सेवा गर्नु हो ।’

प्रधानमन्त्री शाहले नेपाल र भारत साझा भूगोलले मात्रै नभई आस्था, आत्मीयता र अटुट मित्रताको शाश्वत विरासतले जोडिएको पनि उल्लेख गरेका छन् ।

दुई देशबीचको सम्बन्धलाई इमानदारी, पारस्परिक सम्मान र अटल विश्वासका साथ अझ सुदृढ बनाउने नेपालको प्रतिबद्धता उनले दोहोर्‍याएका छन् ।