काठमाण्डु – भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच नयाँ दिल्लीमा उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ।
नयाँदिल्लीस्थित हैदराबाद हाउसमा वार्ता भएको छ । प्रधानमन्त्री बनेपछि शाह र मोदीबीच भएको यो पहिलो औपचारिक भेटवार्ता हो ।
यसपछि प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीले संयुक्त रूपमा मिडियालाई भ्रमणका उपलब्धिबारे ब्रिफिङ गर्ने कार्यक्रम छ ।
नेपाली प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, परराष्ट्र सचिव अमृत बहादुर राई, भारतका लागि नेपाली राजदूत डा। निश्चल नाथ पाण्डे लगायत सहभागी थिए ।
त्यसैगरी, भारतका तर्फबाट विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, राज्यमन्त्री जितिन प्रसाद, प्रधानमन्त्री मोदीका प्रधान सचिवद्वय पीके मिश्रा र शक्तिकान्त दास, विदेश सचिव विक्रम मिस्री, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला र अतिरिक्त सचिव मनु महावर लगायत सहभागी थिए ।
प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा हवाई रुट, सीमा विवाद, ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार विकास र बाढीपहिरोबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलगायतका विषय नेपालका प्राथमिकतामा छन्।
उच्चस्तरीय वार्तामा यी विषयले कस्तो स्थान पाए भन्ने विवरण भने सार्वजनिक हुन बाँकी छ। तर दुई देशबीच के के विषयमा सहमति भयो भन्ने खुलेको छ। द्विपक्षीय टोलीस्तरीय र एकल दुवै वार्ता हैदराबाद हाउसमा भएका हुन्।




प्रतिक्रिया